काठमाडौँ, १५ वैशाख । बाजुरा केन्द्रबिन्दु भएर गएराति दुईपटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मध्यरातमा बाजुरामा दुईपटक भूकम्प गएको हो ।
बाजुराको दहकोट केन्द्रबिन्दु भएर गएराति ११ः५८ बजे ४.९ रेक्टर स्केटरको र १ः३० बजे ५.९ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ ।
बडिमालिका नगरपालिकाका उपमेयर नन्दा थापाका अनुसार भूकम्प गएपछि मानिसहरू घरबाहिर निस्केका थिए ।