धनकुटा बजारको नाङ्गो तार हटाइँदै

18

धनकुटा, २२ चैत । धनकुटा बजार क्षेत्रमा विद्युत्‌को नाङ्गो तार हटाएर ‘एबीसी केवल’ लगाउन थालिएको छ । फैलिएको धेरै नाङ्गो तारको सट्टामा एउटै केवलको लठ्ठाभित्र तार राखेर केवल प्रविधिमा विद्युत् लाइन विस्तार गरिएको छ ।

पहिलो चरणमा आजदेखि नगरको मुख्य बजार मदन चोकदेखि परिचय मोडसम्मको तार फेर्ने काम भइरहेको विद्युत् प्राधिकरण धनकुटाका प्रमुख पह्लाद पोखरेलले जानकारी दिए ।

तारलाई रबरले बाहिरबाट ढाकिने हुनाले छुँदा करेन्ट नलाग्ने पोखरेलले जानकारी दिए । सम्भावित करेन्ट लाग्ने जोखिमबाट नगरवासीलाई सुरक्षित राख्न क्रमिकरूपमा बजार क्षेत्रका सबै नाङ्गो तार हटाइने धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...