खाँदबारीमा प्रदेशस्तरीय सेपाक ताक्रो च्याम्पियनसिप हुने

123

खाँदबारी, २० चैत । सेपाक ताक्रो संघ सङ्खुवासभाको आयोजनामा कोशी प्रदेशस्तरीय सेपाक ताक्रो च्याम्पियनसिप २०८० हुने भएको छ ।

‘ट्रेक मकालु–सेभ रेड पान्डा, प्ले सेपाक ताक्रो’ भन्ने मूल नाराका साथ आगामी वैशाख ६–८ गतेसम्म सदरमुकाम खाँदबारीको टुँडिखेलमा प्रतियोगिता हुने आयोजकले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

खुट्टाले खेलिने यो खेल प्रचारप्रसारका लागि ठुलो धनराशी खर्च गरेर सञ्चालन गर्न लागेको आयोजकले जनाएको छ । प्रतियोगितामा १४ जिल्लाका खेलाडी सहभागी हुनेछन् । खेलाडीको सम्पूर्ण खर्च व्यवस्थापन गरिएको आयोजकले जनाएको छ ।

प्रदेश खेलकुद विकास बोर्डको आर्थिक सहयोगमा सञ्चालन हुने प्रतियोगितामा राष्ट्रिय खेलाडीहरूको उपस्थिति रहने आयोजकले जनाएको छ । यसअघि सम्पन्न राष्ट्रिय खेलकुद प्रतियोगिता र बंदलादेशमा सम्पन्न साफ च्याम्पियनसिपमा नेपालको तर्फबाट सहभागी खेलाडीहरूमा सङ्खुवासभालेसमेत सहभागिता जनाइसकेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...