५० हजार घुससहित वडाध्यक्ष र सचिव पक्राउ

91

धनुषा, ९ चैत । धनुषा जनकपुरधाम उपमहानगरपालिका–११ का वडाध्यक्ष र वडासचिव घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडासचिव माधवकुमार रायलाई ५० हजार रूपैयाँ घुससहित पक्राउ हो ।

सेवाग्राहीसँग लिएको ५० हजार घुससहित बुधबार अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको टोलीले जनकपुरधाम उपमहानगरपालिका–६ रामजानकी अस्पताल नजिकैबाट उनीहरूलाई नियन्त्रणमा लिएको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्ने बहानामा घुस लिएको उनीहरूमाथि आरोप छ । उनीहरूमाथि अनुसन्धान भइरहेको प्रवक्ता दाहालले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...