कोदालो प्रहारी गरी श्रीमतीको हत्या

47

बागलुङ, १९ फागुन । बागलुङमा श्रीमान्‌ले श्रीमतीको हत्या गरेका छन् । जिल्लाको जैमिनी नगरपालिका–२ दमेकका ४५ वर्षीय केशव नेपालीले श्रीमती ३६ वर्षीया राधा नेपालीको हत्या गरेका हुन् ।

घर छेउको बारीमा आलु खन्दै गरेकी राधाको पछाडिपट्टीबाट कोदालोले प्रहरी गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

कोदालो प्रहारबाट गम्भीर घाइते भएकी राधालाई धवलागिरि अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीमतीलाई कोदालोले हानेपछि केशवले झुन्डिएर आत्महत्या गर्न खोजेको स्थानीयवासीको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...