अवैध भारतीय रुपैयाँसहित २ जना पक्राउ

49

मोरङ, १८ फागुन । मोरङको विराटनगर–१५ बाट श्रोत नखुलेको अवैध भारतीय रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत हरियानाका ३० वर्षीय सन्नी गुप्ता र ३४ वर्षीय सुरेन्द्र कुमार रहेका छन् ।

बुधबार राति ११ बजे इलाका प्रहरी कार्यालय रानी (सीमा) बाट खटिएको प्रहरी गस्ति टोलीले शंकास्पद अवस्थामा रहेका दुवै जनालाई चेकजाँचको क्रममा उनीहरुको साथबाट श्रोत नखुलेको भारतीय ७ लाख २० हजार रूपैयाँ बरामद गरेको हो ।

श्रोत नखुलेको अवैध रकम बरामद भएसँगै पक्राउ परेका उनीहरुको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...