गोकुल बास्कोटाको टिप्पणी : राष्ट्रपतिमा कांग्रेसको उम्मेदवार ‘कम्फरटेबल कठपुतली’ हुन्छ

50

काठमाडौँ, १५ फागुन । नेकपा (एमाले)का नेता तथा प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बास्कोटाले राष्ट्रपतिमा नेपाली कांग्रेसले उठाएको उम्मेदवार ‘कठपुतली छाप’ हुने दाबी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत् नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम उल्लेख गर्दै उनले एमालेको चन्द्र सूर्य हुने पनि दाबी गरेका छन् ।

“गगन गफ सुनियो– एमालेले उठाउने रबर र कांग्रेसको साझा छाप हुन्छ,” उनले सामाजिक सञ्जालमा लेखेका छन्, “म भन्छु– एमालेको चन्द्र सूर्य र कांग्रेसले उठाउने कम्फरटेबल कठपुतली छाप हुन्छ।”

देशको पहिलो राष्ट्रपति डा.रामवरण यादवले के गरेको थियो ? भन्दै प्रश्नसमेत गरेका छन् ।

“रामवरणले संविधान जारी गर्ने बेला के गर्‍या थे ? र, सेनापति प्रकरणमा प्रचण्डलाई लोप्पा कस्ले ख्वाथ्यो ?,” उनले भने, “रामचन्द्र कालापानी मुद्दामा ०५५ मै भाग्या थे।”

Share This:
सम्बन्धित खबर
Loading...