श्रीमतीको हत्या आरोपमा पक्राउ

33

झापा, २३ माघ । झापाको अर्जुनधारा नगरपालिका–८ का ३३ वर्षीय मनोज बस्नेतलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

उदयपुरको रामपुर–२ घर भई उक्त स्थानमा बस्दै आएका बस्नेत र श्रीमती ४५ वर्षीया कल्पना पोखरेलबीच गत शनिबार सामान्य घरायसी विषयमा वादविवाद हुँदा रिसको आवेगमा श्रीमतीको हत्या गरेको र घटनालाई ढाकछोप गर्न नजिकै रहेको चौरमा खाल्डो खनेर पुरेको भन्ने सूचना पाएसँगै ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बस्नेतलाई पक्राउ गरेको हो ।

बस्नेत पक्राउ परेसँगै गाडेको ठाउबाट लाश उत्खनन गरी शव परिक्षणका लागि बिपी कोइराला स्वास्थ्या विज्ञान प्रतिष्ठान धरान पठाइएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...