प्युठानबाट चोरीको सामानसहित दुईजना पक्राउ

97

प्युठान, १७ माघ । चोरीका सामग्रीसहित प्युठानबाट दुईजना युवा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय प्युठानले दिएको जानकारीअनुसार स्वर्गद्वारी नगरपालिका–४ भिंगृमा खटिएको प्रहरीको गस्तीले रोल्पाका दुई युवा पक्राउ परेका हुन् ।

रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ का २८ वर्षीय देव पुन र लुंग्री गाउँपालिका–६ गुम्चालका १८ वर्षीय भिमे परियारलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूसँग खानतलासी गर्दा विभिन्न स्थानबाट चोरी गरेर ल्याइएका भाँडाकुँडाहरू (तामाको ताउला २, गाग्री २, कसौडी ३, डाडु १ थान) र २ थान मोबाइल सेट फेला परेको छ ।

उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय प्यरठानमा लगिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...