पेस्तोलसहित एकजना पक्राउ

36

भोजपुर, २६ पुस । भोजपुरको षडानन्द नगरपालिका–६ बाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा षडानन्द नगरपालिका–६ का ६७ वर्षीय कुमार चाम्लिङ रहेका छन् । आइतबार दिउँसो ४ बजे चाम्लिङले कटुवा पेस्तोल देखाइ स्थानीय व्यक्तिलाई धाकधम्की दिइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय दिङ्लाबाट खटिएको प्रहरी टोलीले चाम्लिङलाई कटुवा पेस्तोलसहित पक्राउ गरेको हो ।

पेस्तोलसहित पक्राउ परेका चाम्लिङको जिल्ला प्रहरी कार्यालय भोजपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...