सन्दीपलाई थुनामा राख्ने आदेशविरुद्धको सुनुवाइ स्थगित

53

काठमाडौँ, ७ पुस । त्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध परेको रिटमाथिको सुनुवाइ स्थगित भएको छ ।

काठमाडौँ जिल्ला अदालतले जबरजस्ती करणीको अभियोगमाथि सुनुवाइ गर्दै लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । उक्त आदेशविरुद्ध उच्च अदालत पाटनमा परेको पुनरावेदनमाथिको बिहीबार हुने भनिएको सुनुवाइ स्थगित भएको हो ।

बिहीबार न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र किरणकुमार पोखरेलको इजलासमा पेसी तोकिएको थियो । तर, लामिछानेको कानुन व्यवसायीका तर्फबाट पेसी स्थगित गरिएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...