माया लुहार हत्या प्रकरण : आरोपित कोली सार्वजनिक

234

बैतडी, १९ मंसिर । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी माया लुहारका हत्या आरोपित सशस्त्र प्रहरी जवान भरतराम कोलीलाई प्रहरीले सार्वजनिक गरेको छ ।

सोमबार दिउँसो ४ बजे जिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार सम्मेलन गरी कोलीलाई सार्वजनिक गरेको हो । कोलीलाई कञ्चनपुर प्रहरीले आइतबार बिहान १० बजे महेन्द्रनगर बसपार्कबाट नियन्त्रणमा लिएको थियो ।

उनलाई आइतबार राति नै बैतडी ल्याइएको प्रहरीले आज पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ ।  प्रारम्भिक अनुसन्धानबाट हत्या आरोपित भरतराम कोलीले ११ गते नै मायाको मोबाइल नियन्त्रणमा लिएर आफ्नै घर लगेको र १३ गते मोबाइल लिनका लागि मायालाई शिवनाथ–६ को नेपाल टेलिकमको टावर नजिकै बोलाएको खुलेको प्रहरीले जनाएको छ ।

भरतराम कोली र मायाबीच प्रेम सम्बन्ध रहेको र भरतरामले भेटका क्रममा अन्यलाई पनि प्रेम गरेको लाल्छना लगाउँदै आफूसँगै भएको चक्कु प्रहार गरी हत्या गरेको खुलेको प्रहरी नायब उपरीक्षक जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकानरी दिए ।

मायाको हत्या गरिसकेपछि मायासँगै रहेकी नेहाले घटनाबारे अन्यलाई जानकारी गराउने डरले उनले नेहाको पनि हत्या प्रयास गरेर घाँटीमा छुरा प्रहार गरेको प्रहरीले अनुसन्धानबाट खुलेको जनाएको छ ।

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १२ को दफा १७७ (ज्यान मार्ने नियतले काम गर्न नहुने) र परिच्छेद १२ को १८३ (ज्यान मार्ने उद्योग गर्न नहुने) मुद्दा शीर्षकमा सोमबार  जिल्ला अदातलाट १० दिनको म्याद थप गरी उनीविरुद्ध अनुसन्धान अघि बढाइएका प्रहरीले जनाएको छ।

याे पनि हेर्नुस्

माया लुहार हत्या प्रकरण : हत्याका आरोपित महेन्द्रनगरबाट पक्राउ

माया लुहार हत्या प्रकरण : सशस्त्र प्रहरी जवानको नाममा किटानी जाहेरी

Share This:
सम्बन्धित खबर
Loading...