मोरङ–६ (१) : बागीको उम्मेदवारकाे समर्थन जीवन आचार्यलाई

35

काठमाडौँ, १७ कात्तिक । मोरङ क्षेत्र नम्बर ६ (क)का उम्मेदवार नवीन दाहालले गठबन्धनका उम्मेदवार जीवन आचार्यलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निस्क्रिय बनाएका छन् ।

स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता दाहालले बुधबारबाट गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य आचार्यलाई समर्थन गरेका हुन् । कांग्रेस नेता डा.शेखर कोइरालासँगको छलफलपछि दाहाल आफ्नो उम्मेदवारी निस्क्रिय बनाउन राजी भएका थिए ।

कोइराला निवासमा कांग्रेसका नेता डा.कोइराला, कांग्रेस प्रदेश–१ का उपसभापति रमेशजंग रायमाझी, मोरङ कांग्रेसका कार्यवाहक सभापति नागेश कोइरालालगायतको उपस्थितिमा उम्मेदवारी निस्क्रिय बनाउने घोषणा गरेका थिए ।

३३ वर्षदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहेका दाहालले गठबन्धनको पक्षमा माहोल सिर्जना गर्न आफूले उम्मेदवारी फिर्ता लिएको बताए ।

मोरङ क्षेत्र नम्बर ६ (१)मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता जीवन आचार्य प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका छन् ।

उनी २०७४ सालको निर्वाचनका सोही क्षेत्रबाट पराजित भएका थिए । आचार्य माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का जुवाइँ पनि हुन् । क्षेत्र नम्बर ६ (१) मा एमालेबाट निजी स्कुल सञ्चालक रिता न्यौपाने उम्मेदवार छिन् ।

Share This:
सम्बन्धित खबर
Loading...