सन्दीप लामिछानेको मुद्दामा सकियो बयान, बुधबार थुनछेक बहस

188

काठमाडौँ, १५ कात्तिक । जिल्ला अदालत काठमाडौँले राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध परेको मुद्दामा बयान लिएको छ ।

न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा आज लामिछानेविरुद्ध सरकारी वकिल कार्यालयले दायर गरेको मुद्दामा बयान लिइएको हो । अदालतले बयान लिने काम आज सकिएको र बुधबार थुनछेक बहस हुने जनाएको छ ।

लामिछानेविरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा यही कात्तिक १४ गते उक्त मुद्दा दायर गरिएको थियो ।

सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरिएको छ ।

सरकारी वकिललाई प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनमा सोही माग राखिएको थियो । प्रहरी हिरासतमा रहेका लामिछानेले भने आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको र बलात्कार नगरेको बयान दिएका छन् ।

लामिछानेविरुद्ध नाबालिकमाथि जबरजस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि उनलाई न्यायिक हिरासतमा राखिएको छ । प्रहरीले गत असोज २० गते उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रक्राउ गरेको थियो ।

यो पनि हेर्नुस्
सन्दीप लामिछानेविरूद्ध मुद्दा दर्ता, १२ वर्षसम्म कैद सजायको माग दाबी

न्यायाधीशसामु सन्दीप लामिछानेले भने– जाहेरीवाला युवती नाबालिग होइनन्

सन्दीप लामिछानेमाथि बलात्कारको आरोप लगाउने नाबालिकाको स्वास्थ्य परीक्षण गरियो

सन्दीप लामिछाने गौशाला प्रहरी वृतमा

Share This:
सम्बन्धित खबर
Loading...