सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति

57

काठमाडौँ, २ कात्तिक । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई थप चार दिन न्यायिक हिरासतमा राख्न प्रहरीलाई अनुमति प्राप्त भएको छ ।

जिल्ला अदालत काठमाडौँले क्रिकेटर सन्दीपलाई थप चार दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

गत असोज २० गतेदेखि महानगरी प्रहरी वृत्त गौशालामा रहेका उनलाई अदालतले तेस्रोपटक म्याद थप गरेको हो ।

एक नाबालिकालाई बलात्कार गरेको आरोपमा सन्दीपविरुद्ध गत २१ भदौमा प्रहरी वृत्त गौशालामा उजुरी परेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...