निर्वाचनका कारण पल शाहको पेसी स्थगित

57

तनहुँ, २६ असोज । नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ कारागारमा रहेका अभिनेता पल शाहविरूद्धको सुनुवाइ तेस्रो पटक स्थगित भएको छ । तनहुँ अदालतमा बुधबारका लागि तोकिएको पेसी स्थगित भएको हो ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावको तयारीका कारण शाहविरूद्धको सुनुवाइ स्थगित भएको तनहुँ अदालतका इजलास अधिकृत कृष्ण गौतमले जानकारी दिए । यसअघि शाहविरूद्धको सुनुवाइ भदौ १५ गते असोज २ गतेका लागि तोकिएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताको पत्रका कारण आजको सुनुवाइ स्थगित भएको हो । जिल्ला न्यायाधीश दलबहादुर केसी मुख्य निर्वाचन अधिकृत र जिल्ला न्यायाधिवक्ता गोविन्द उपाध्याय निर्वाचन अधिकृतका रूपमा खटिएका छन् ।

चुनावका कारण जिल्ला न्यायाधिवक्ताको पत्रका कारण फौजदारीतर्फका बुधबारका सबै मुद्दाको सुनुवाइ स्थगित भएको तनहुँ अदालत बार एसोसिएसनका अध्यक्ष भानुभक्त सुवेदीले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...