सङ्खुवासभामा ३० जनाको उम्मेदवारी

145

खाँदबारी, २४ असोज । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सङ्खुवासभाबाट ३० जनाको मनोनयन दर्ता भएको छ ।

आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट गरी सो संख्यामा मनोनयन दर्ता भएको हो । प्रतिनिधिसभा सदस्यतर्फ १२ र प्रदेशसभा सदस्यतर्फ १८ जनाले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

गठबन्धनको तर्फबाट प्रतिनिधिसभामा कांग्रेसका दीपक खड्काले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश निर्वाचन क्षेत्र (क)मा नेकपा (माओवादी केन्द्र)का राजेन्द्र कार्की र निर्वाचन क्षेत्र (ख)मा नेकपा (एकीकृत समाजवादी)की सरिता खड्काले उम्मेदवारी दर्ता गराएका छन् ।

नेकपा (एमाले)का तर्फबाट प्रतिनिधिसभामा राजेन्द्रप्रसाद गौतमले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेशसभा (क)मा भविश्वर गुरूङ र प्रदेशसभा (ख)मा विदुर लिङ्थेपले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधिसभामा भोलामान कार्कीले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेशसभातर्फ प्रदेशसभा (क)मा रमोद श्रेष्ठ र प्रदेशसभा (ख)मा गोपालप्रसाद दाहालले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी, राप्रपा नेपालको तर्फबाट संघमा टिकाराम शाहीले उम्मेदवारी दर्ता गराएका छन् भने प्रदेशसभा (क) मा घामसिंह राई र प्रदेशसभा (ख)मा पदमबहादुर जोशीले उम्मेदवारी दर्ता गराएका छन् ।

जनता समाजवादी पार्टी (जसपा)बाट प्रतिनिधिसभातर्फ दिपककुमार राईले उम्मेदवारी दिएका छन् । प्रदेशसभा (क)मा सीताराम तिम्सिना र प्रदेशसभा (ख)मा पूर्ण शेर्पाले उम्मेदवारी दर्ता गराएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट भक्तनारायण श्रेष्ठले प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएका छन् ।

राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट प्रतिनिधिसभामा कृष्णकुमार राईले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, मंगोल अर्गनाइजेसनका तर्फबाट प्रतिनिधिसभामा देवेन्द्रकुमार घलेले उम्मेदवारी दिएका छन् ।

संघीय लोकतान्धिक राष्ट्रिय मञ्चको तर्फबाट प्रतिनिधिसभामा राजकुमार लिम्बूले उम्मेदवारी दिएका छन् भने डिमारिन्जी शेर्पाले प्रदेशसभा (ख)मा उम्मेदवारी दिएका छन् । त्यस्तै, विनोद घिमिरेले नेसनलिस्ट पिपुल्स पार्टीको तर्फबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन् ।

मुख्य निर्वाचन अधिकृत टेकनाथ गौतमका अनुसार प्रतिनिधिसभामा प्रविण कार्की र तेन्जी भोटियाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । प्रदेशसभा (क)मा वीरेन्द्रकुमार राई, प्रदेशसभा (ख)मा प्रेमबहादुर लिम्बू, छिरिङ शेर्पा र मानबहादुर कार्कीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...