आमाको हत्या गरेको अभियोगमा पक्राउ

110

धनुषा, ३१ भदौ । आफ्नै आमामो हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा सबैला नगरपालिका–५ मखनाहाका २१ वर्षीय मनोज खत्वे रहेको छन् ।

आफ्नै आमा ३६ वर्षीया सिकिलिया देवी खत्वेको हत्या गरेको अभियोगमा शुक्रबार बिहान उनलाई प्रहरीले पक्राउ गरेको हो ।

मनोजले घरायसी विवादमा आमाको टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...