प्रहरीलाई ३ हजार ५० रूपैयाँ घुस दिएपछि…

131

भक्तपुर, २३ भदौ । ड्युटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ कागेश्वरी मनहरा नगरपालिका–२ आलापोट बस्ने ३१ वर्षीय रोशन बस्नेत छन् । उनलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीस्थित ड्युटीमा खटिएको प्रहरीले बा८८ प ४७८५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक रोशनले घुस दिएको प्रहरीले जनाएको छ ।

मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको पाइएपछि उनले प्रहरीलाई नगद ३ हजार ५० रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेपश्चात उक्त नगद र मोटरसाइकलसहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।

Share This:
सम्बन्धित खबर
Loading...