निहारिका प्रकरण : बलात्कार आरोपी पक्राउ

145

काठमाडौँ, ३१ साउन । प्रहरीले निहारिका प्रकरणमा आरोपित शिवराज श्रेष्ठलाई पक्राउ गरेको छ । उनलाई धनुषाबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता टेकप्रसाद राईले बताए ।

निहारिका राजपूतले श्रेष्ठमाथि बलात्कारको आरोप लगाउँदै आएकी छन् । उनले बलात्कारबाट जन्मिएको बच्चाको डीएनए टेस्टको पनि माग गर्दै अनसन बस्दै आएकी छन् ।

बसन्तपुरमा अनसनरत निहारिका अहिले त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी छन् ।

राष्ट्रपति कार्यालय अगासड आत्मदाह प्रयास गर्दा प्रहरीले उद्धार गरी उनलाई अस्पताल भर्ना गरिएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...