भारत उड्न लागेको जहाजबाट पक्राउ परेका व्यक्ति १० हजार धरौटीमा रिहा

101

काठमाडौँ, २५ साउन । भारत जान लागेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजभित्रबाट पक्राउ परेका सन्तोष लामिछाने १० हजार धरौटीमा रिहा भएका छन् । उनी अभद्र व्यवहार मुद्दामा १० हजार रूपैयाँ धरौटी तिरेर रिहा भएका हुन् ।

लामिछानेलाई पक्राउ गर्न उड्दै लागेको प्लेनसमेत रोकेर प्रहरीको विशेष ब्युरोले अपरेसन नै चलाएको थियो । सो क्रममा २ घण्टा हवाईजहाज डिले भएको थियो ।

पक्राउ परेका लामिछाने कैलालीमा सुनचाँदी पसलसमेत रहेको पाइएको थियो । उनले अवैध सुनचाँदीको खरिदबिक्री गर्ने गरेको र भारतमा सुन चोरेर ल्याएको आरोप लागेको थियो ।

प्रहरीले करिब डेढ महिनाअघि भारतीय दूतावासमार्फत् १ करोड बढी सुन चोरी भएको उजुरीसँग जोडेर लामिछानेसहित अन्य ५ जनामाथि अनुसन्धान थालेको थियो । भारतको पञ्जाबमा भएको उक्त चोरी प्रकरणलाई जोडेर नियन्त्रणमा लिएको भए पनि उनीहरूविरूद्ध मुद्दा भने अभद्र व्यवहारमा चलाएको थियो ।

उक्त मुद्दामा सुदूरपश्चिम सुनचाँदी व्यवसायी महासंघका अध्यक्षसमेत रहेका लामिछाने र अन्य ५ जनालाई जिल्ला प्रशासन कार्यालय कैलालीले मंगलबार १० हजार धरौटी माग गरेपछि उनीहरू रिहा भएका हुन् ।

याे पनि हेर्नुस्

मुम्बइ उड्न लागेको जहाजबाट पक्राउ परेका व्यक्ति को हुन् ?

Share This:
सम्बन्धित खबर
Loading...