जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ

107

काठमाडौँ, १६ साउन । छुट्टाछुट्टै स्थानबाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा १९ जनालाई पक्राउ गरेको छ । ललितपुरको गोदावरी नगरपालिका–१३ झरुवाराशी बस्ने महाकाल गाउँपालिका–२ मानिखेल घर भएका ६६ वर्षीय बलाराम घिमिरेको घरमा जुवातास खेलिरहेको अवस्थामा घिमिरेसहित १२ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

उनको घरमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २१ हजार रूपैयाँ, ३ बुक तास र १७ वटा कौडासहित पक्राउ गरेको हो ।

यस्तै, सर्लाहीको बागमती नगरपालिका–३ धरहरास्थित घिसिङ होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३० वर्षीया जमुना मोक्तानसहित ७ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाही र इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नगद २ लाख १४ हजार ९ सय ७० रूपैयाँ, ५ थान मोबाइल, १६ थान कौडा र १ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...