लोकदोहोरी गायिका सुनारको हत्या भएको प्रहरीको निष्कर्ष

161

काठमाडौँ, ३ साउन । लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या भएको प्रहरीले निष्कर्ष निकालेको छ । गत असार ११ गते बिहान आफ्नै कोठामा उनको शव फेला परेको थियो । उनको शव बेडमा फेला परेको थियो ।

उनीसँगै बस्दै आएका सिन्धुपाल्चोकको साँगाचोकगडीका सूर्य भनिने खिलबहादुर श्रेष्ठले दिलमायाको हत्या गरेको प्रहरीको निष्कर्ष छ । श्रेष्ठलाई घटना भएको भोलिपल्ट प्रहरीले पक्राउ गरेको थियो । श्रेष्ठविरुद्ध दिलमायाका परिवारले किटानी जाहेरीसमेत दिएका थिए ।

प्रहरीले सोमबार अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा अनुसन्धान प्रतिवेदन बुझाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले बताए । ज्यानसम्बन्धी कसुरमा श्रेष्ठलाई २५ वर्ष कैद सजायको मागदाबी लिएर मुद्दा दर्ता गर्न सिफारिस गरेको छ ।

गायिका सुनार मृत्यु प्रकरण : यस्तो आयो दिलमायाको पोष्टमार्टम रिपोर्ट

गायिका दिलमायाको शव त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरिएको थियो । चिकित्सकले गायिकाको मृत्युको कारणमा ‘झुन्डिएर मृत्यु’ भन्ने रिपोर्ट दिएका छन् ।

गायिकाको शव भेटिनुअघिको रातमा श्रेष्ठ उनको कोठामा गएका थिए । ओरोपी श्रेष्ठले बिहान आफू ब्युझँदा गायिका झ्यालको भेन्टिलेटरमा पासो लगाएर झुन्डिएको देखेको बयान दिएका छन् । ‘बचाउन’ आफूले डण्डी फुकाउँदा उनको शरीर चिसो भएपछि छाडेर भागेको श्रेष्ठले प्रहरीलाई बताएका छन् ।

दिलमाया झुन्डिएको भनिएको सल श्रेष्ठले महाराजगञ्जस्थित झाडिमा लगेर फालेका थिए । गायिकाले प्रयोग गर्ने मोबाइल अझै प्रहरीले फेला पारेको छैन ।

गायिका सुनार मृत्यु प्रकरण : प्रेमीलाई पाँच दिन हिरासतमा राख्न अनुमति

Share This:
सम्बन्धित खबर
Loading...