मादी सामूहिक हत्या प्रकरण : हत्यामा संलग्न ४ जनालाई आजीवन कारावास

232

खाँदबारी, २१ असार । जिल्ला अदालत सङ्खुवासभाले मादी एकै परिवारका ६ जनाको हत्यामा संलग्न ४ जनालाई आजीवन र एक जनालाई २५ वर्षको दुई तिहाइ कारावास फैसला सुनाएको छ ।

जिल्ला अदालत सङ्खुवासभाले मादी हत्या प्रकरणमा संलग्न ५ जनामध्ये ४ जनालाई आजीवन कारावासको फैसला सुनाएको हो ।

सङ्खुवासभा जिल्ला अदालतका न्यायाधीश शान्तिप्रसाद आचार्यको इजलासले एकै परिवारका ६ जनाको हत्यामा संलग्न ५ जनालाई कसुरदार ठहर गर्दै सोमबार फैसला सुनाएको श्रेस्तेदार केदारप्रसाद गौतमले जानकारी दिए ।

हत्यामा संलग्न मादी –१ का २८ वर्षीय लोकबहादुर कार्की, ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्कीलाई आजीवन कारवास र १७ वर्षीय किशोरलाई भने २५ वर्षको दुई तिहाइ कारावास फैसला सुनाएको श्रेस्तेदार गौतमले बताए ।

हत्यामा संलग्न भएको १७ वर्षीय किशोरलाई बाल सुधार गृह भक्तपुर र अन्य ४ जनालाई जिल्ला कारागार खाँदबारीमा राखिएको छ । जिल्ला अदालतका न्यायाधीश आचार्यको इजलासले मृतक परिवारको राहत कोषमा ४ जनाले २÷२ लाख रुपैयाँ क्षतिपूर्ति र पीडित राहत कोषमा २ हजार ८०० रुपैयाँ रकमसमेत जम्मा गर्ने आदेश भएको जिल्ला अदालत सङ्खुवासभाले जनाएको छ ।

गत २०७८ भदौ २१ उम्लिङ खोला गाउँका तेजबहादुर कार्कीसहित ६ जनको हत्या भएको थियो । घटनामा ५२ वर्षीय कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

याे पनि हेर्नुस्

मादी सामूहिक हत्याकाण्ड : घटनाका ‘मुख्य योजनाकार’सहित थप ४ जना पक्राउ

सङ्खुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्या

सङ्खुवासभा सामूहिक हत्याकाण्ड : चार अभियुक्त पुर्पक्षका लागि कारागार चलान

सङ्खुवासभा हत्या प्रकरण : एउटै चिर्पटबाट पाँच जनाको हत्या

हत्या आरोपीको बयान- ‘तेबहादुरलाई मात्रै मार्न खोजेको थिएँ, अरुले देखेपछि सबैलाई सिध्याएँ’

Share This:
सम्बन्धित खबर
Loading...