समयमा किताब छाप्न नसक्ने जनक शिक्षा किन चाहियो ? खारेज गरौँ : नवीना लामा

193

काठमाडौँ, २६ जेठ । नेकपा (एमाले)की सांसद् नवीना लामाले विद्यार्थीहरुले भोगिरहेको पाठ्यपुस्तक अभावप्रति संसद्‌मा आक्रोश प्रकट गरेकी छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको चरम लापरबाहीका कारण विद्यार्थीले सधैँ पाठ्यपुस्तक अभाव झेलिरहेको बताइन् ।

‘अहिले कक्षा ६ र ८ को पाठ्यपुस्तक अभाव छ । जनक शिक्षाले बेलैमा पाठ्यपुस्तक छाप्न र वितरण गर्न सक्दैन भने किन लगानी गर्ने ? किन खर्च गर्ने ? उनीहरु जवाफदेही हुनुपर्दैन,’ उनले भनिन्,‘पाठ्यपुस्तक दिन नसक्ने जनक शिक्षा खारेज गरौँ । अब निजी क्षेत्रलाई पाठ्यपुस्तक छाप्ने र वितरण गर्ने जिम्मा दिऔँ ।’

यो कमजोरीको जवाफदेहिता जनक शिक्षाले लिनुपर्ने उनले बताइन् । उनले भनिन्, ‘उसको व्यवस्थाको कमजोरी हो । उहाँहरु जवाफदेही बन्नुपर्दैन ? बेलैमा कागज किन्न नसक्ने, छाप्न नसक्ने । कागजको ठेक्का लिनेले किन कागज ल्याएन ।’

Share This:
सम्बन्धित खबर
Loading...