नक्कली परीक्षार्थी पक्राउ

447

खाँदबारी, २१ जेठ । सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्ज्याङबाट नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

कक्षा १२ को परीक्षामा अर्कैको नाममा परीक्षा दिने एक नक्कली परीक्षार्थी पक्राउ परेको हुन् । पक्राउ पर्नेमा भोटखोला–४ की मनिशा गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।

खाँदबारी–३ को महेन्द्र माध्यमिक विद्यालय मानेभञ्ज्याङ परीक्षा केन्द्रमा बहिनीको नामबाट परीक्षा दिने दिदी पक्राउ परेकी हुन् । बाल विकास सिकाइ विषयको परीक्षामा नक्कली परिक्षार्थी बनेर परीक्षा दिँदै गर्दा प्रहरीले मनिशालाई पक्राउ गरेको प्रहरी उपरीक्षक सुवेदीले बताए ।

अरुणोदय माध्यमिक लिङ्गम कक्षा १२ का विधार्थी अनुषा गुरुङको सट्टामा परीक्षा दिइरहेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

नक्कली परिक्षार्थी मनिसालाई परिक्षा सञ्चालन भएको ४५ मिनेटपछि प्रहरीको जिम्मा लगाइएको महेन्द्र माध्यमिक विद्यालय मानेभञ्ज्याङका केन्द्राध्यक्ष मेदिनी घिमिरेले जानकारी दिए ।

पक्राउ परेकी मनिशालाई परीक्षा ऐनअनुसार कारबाही हुने जिल्ला शिक्षा समन्वय एकाइका प्रमुख केशव भट्टराईले बताए । नक्कली परीक्षार्थी पक्राउ परेको सङ्खुवासभाको पहिलो घटना हो ।

Share This:
सम्बन्धित खबर
Loading...