प्रधानसेनापति शर्मा लेबनान र सिरियाको भ्रमणमा जाने

424

काठमाडौँ, १७ जेठ । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा लेबनान र सिरियाको भ्रमणमा जाने भएका छन् ।

शर्मा आगामी असार ४ देखि १० गतेसम्म संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिक परिचालन भएका मिसनको निरीक्षण भ्रमणमा जान लागेका हुन् ।

भ्रमणका क्रममा शर्माले सम्बन्धित मिसनको वस्तुस्थिति, अपरेसनल गतिविधि, फौज तैनाथीको अवस्थाबारे जानकारी लिने नेपाली सेनाले जनाएको छ ।

सो क्रममा उनले सम्बन्धित देश तथा शान्ति मिसनका उच्च पदस्थ अधिकारीसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

उक्त भ्रमणपछि प्रधानसेनापति शर्मा संयुक्त राज्य अमेरिकाको औपचारिक निमन्त्रणामा असार १३ गतेदेखि १७गतेसम्म अमेरिकाको वासिङ्टन डिसी पुगेर फर्कने कार्यक्रम छ ।

Share This:
सम्बन्धित खबर
Loading...