सशस्त्र प्रहरी महानिरीक्षकमा पुष्पराम केसी नियुक्त

327

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षकमा पुष्पराम केसी नियुक्त भएका छन् । वरिष्ठतम् एआइजी केसीलाई बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल चैत २८ गते अवकाशमा गएपछि आइजी पद रिक्त थियो ।

गृह मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद् बैठकले केसीलाई सशस्त्र महानिरीक्षक नियुक्त गरेको स्रोतले बतायो ।

केसी अब १९ दिन सशस्त्र प्रहरी महानिरीक्षकको कुर्सीमा रहने छन् । ३० वर्षे सेवा अवधिका कारण केसी १९ दिनपछि अवकाशमा जान्छन् ।

केसीले २०४९ वैशाख १९ गते नेपाल प्रहरीमा प्रहरी निरीक्षकका रुपमा सेवा प्रवेश गरेका थिए । उनी २०५८ सालमा डिएसपीमा बढुवा भएर सशस्त्रमा प्रवेश गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...