सङ्खुवासभा बस दुर्घटना : मृतक सबैको सनाखत

387

खाँदबारी । सङ्खुवासभाको मादी नगरपालिका–६ सातघुम्तीमा यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुने सबैको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको फाक्चामाराका ३१ वर्षीय विपिन निरौला, मादी–४ का सहचालक ३५ वर्षीय उमेश भट्टराई, मादी–५ का ४८ वर्षीय दिपककुमार दाहाल, मादी–२ का ४२ वर्षीय ३८ वर्षीय इन्द्र अधिकारी, मादी–४ बस्ने वर्ष नखुलेका आइतबहादुर तामाङ, ६० वर्षीय बलबहादुर कार्की, २८ वर्षीया सबिता राउत कार्की रहेका छन् ।

यस्तै, मादी–५ का ५२ वर्षीय श्याम शेर्पा, ४९ वर्षीय भवानीप्रसाद दाहाल, मादी–६ की ५ वर्षीय दीक्षा कटवाल र मादी ६ बस्ने ३२ वर्षीया अञ्जना कटुवाल, सोही स्थानकी ३० वर्षीया सीता विक, ताप्लेजुङकी ३१ वर्षीया समीक्षा योञ्जन र उनको ८ वर्षीय छोरा सुदीप घिसिङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी लालध्वज सुवेदीले बताए ।

यस्तै, बस दुर्घटनमा घाइते ५ जनाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा मादी–४ का सुवास तामाङ, मादी–६ की २२ वर्षीया तुलसा कटुवाल, मादी–४ की २४ वर्षीया करिश्मा तामाङ, मादी–५ का ५० वर्षीय डम्बरबहादुर कार्की र मादी–५ की २७ वर्षीया युका पोखरेल (गम्भीर घाइते) छन् ।

दुर्घटनामा घाइते भएका ५ जनाकै नेपाली सेनाको हेलिकोप्टरमार्फत् बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको डिएसपी सुवेदीले बताए ।

दमकतर्फ जाँदै गरेको बा४ख७३५ नम्बरको बस बिहान ७ः४५ बजेतिर सातघुम्तीस्थित सडकबाट करिब ३ सय मिटर तल खसेको थियो ।

सङ्खुवासभा बस दुर्घटना : सेनाको हेलिकप्टर पुग्यो [अपडेट]
सङ्खुवासभा बस दुर्घटना : मृतक १४ मध्ये १० जनाको पहिचान खुल्यो [अपडेट]
सङ्खुवासभा बस दुर्घटना : १३ जनाको मृत्यु [अपडेट]
Share This:
सम्बन्धित खबर
Loading...