सङ्खुवासभा बस दुर्घटना : १३ जनाको मृत्यु [अपडेट]

249

खाँदबारी । सङ्खुवासभाको मादी नगरपालिका–६ सातघुम्तीमा यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परेर हालसम्म १३ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म दुर्घटनामा मृत्यु भएका १३ जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । उनका अनुसार मृतकको पहिचान हुन सकेको छैन । दुर्घटनामा पाँच जनाको जीवितै उद्धार गरिएको छ ।

दुर्घटनाको सम्पूर्ण विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालयका डिएसपी लालध्वज सुवेदीले बताए । उनका अनुसार घटनाको थप विवरण संकलन भइरहेको छ । घाइते र मृत्यु हुनेको संख्याबारे जानकारी संकलन भइरहेको सुवेदीले बताए ।

बस मादीबाट झापाको दमकका लागि छुटेको थियो । आज बिहान करिब सवा ७ बजेतिर बा ४ ख ७३५ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बस सडकबाट करिब चारसय मिटर तल खसेको प्रहरीले जनाएको छ । बसमा २५ जना सवार रहेको प्रहरीको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...