संसद् भवन अगाडि शंकास्पद वस्तु राखेको अभियोगमा एकजना पक्राउ

238

काठमाडौँ । संघीय संसद् भवन नयाँबानेश्वर अगाडि बम राखेको अभियोगमा प्रहरीले एक जनालाई प्रकाउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रे भुम्लु गाउँपालिका–२ सिमथलीका २१ वर्षीय सुवास महत रहेका छन् ।

सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको गेटमा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएको थियो । नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त शंकास्पद वस्तुलाई डिस्पोज गरेको थियो ।

अनेरास्ववियू क्रान्तिकारीको पशुपति बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष रहेका महतलाई प्रहरीको अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । उनलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

शंकास्पद वस्तु राखेर सर्वसाधारणलाई आतंकित बनाएको आरोपमा उनलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...