जग्गा कारोबारी हत्या प्रकरण : थप दुई जना आरोपी सार्वजनिक

148

काठमाडौँ । मोरङको धानपालथान–७ स्थित उखुबारी हत्याकाण्डमा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले शनिबार थप दुई जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा मोरङ रंगेली नगरपालिका–३ आमतोला बस्ने ३३ वर्षीय मोहमद सुभाम र सुनसरी देवान्गञ्ज गाउँपालिका–६ जिरोगौवा बस्ने १८ वर्षीय मोहमद हकिम रहेका छन् ।

सुभाम र हकिमलाई प्रहरीले शुक्रबार विराटनगरबाट पक्राउ गरिएको जनाएको छ ।

प्रहरीका अनुसार उनीहरु ‘लो प्रोफाइल’का मान्छे भएको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यसअघि प्रहरीले सोही हत्याकाण्डमा संलग्न रहेको आरोपमा शुक्रबार ३ जनलाई सार्वजनिक गरेको थियो । पक्राउ पर्नेमा सिराहाको सिराहा नगरपालिका–२१ घर भइ काठमाडौँको बल्खुमा बस्दै आएका ३१ वर्षीय अनिल मण्डल, मोरङको जहदा गाउँपालिका–४ सिस्बनीको २९ वर्षीय दिनानाथ साह र धनपालथान गाउँपालिका–७ कमलपुर पश्चिम टोलका ६२ वर्षीय नासिर आलम रहेका थिए ।

मोरङ र ललितपुरमा धितोमा जग्गा राखेर बैंक ग्यारेन्टी मिलाएबापत आउने ‘कमिसन’ बाँटफाँटमा विवाद भएपछि ३ जनाको हत्या भएको प्रहरीको भनाइ छ ।

मंसिर २८ मा ललितपुरको गोदावरी नगरपालिका–१२ स्थित एक घरपछाडि तेह्रथुमको संक्रान्ति–२ घर भइ काठमाडौँ महानगर–८ गोठाटार बस्दै आएका ६३ वर्षीय मोहन लिम्बूको हत्या भएको थियो भने सप्तरीको शम्भुनाथ नगरपालिका–४ का ३२ वर्षीय शम्भुकुमार चौधरी र सुनसरीको धरान उपमहानगरपालिका–३ घर भइ भक्तपुर बस्दै आएका ४८ वर्षीय राजेन्द्रकुमार श्रेष्ठलाई मोरङको धनपालथान गाउँपालिका–७ मा रहेको उखुबारीमा लगेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...