प्रहरी टोलीमाथि आक्रमण : लुटेरा समूहका पाँच जना पक्राउ

102

जनकपुरधाम । धनुषा प्रहरी टोलीमाथि आक्रमण गर्ने लुटेरा समूहका पाँचजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा बटेश्वर गाउँपालिका–४ बस्ने २७ वर्षीय जीवन ठाकुर, २३ वर्षीय चन्द्रदेव यादव, २६ वर्षीय कमलेश यादव, ३२ वर्षीय रामबाबु यादव र २६ वर्षीय नरेशरवि दास रहेका छन् ।

बटेश्वर गाउँपालिका–४ राम्रोचोकबाट महोत्तरी भंगाहा नगरपालिका–७ गोराना बस्ने अमितकुमार पासवानको साथबाट ४५ हजार भारतीय रुपैयाँ र एक थान मोबाइल लुटपाट गरेको आरोपमा गएराति उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका लुटेरामध्ये स्थानीय जीवन ठाकुरको साथबाट लागुऔषध नाइट्रोभेट ट्याबलेट र चक्कु बरामद भएको छ ।

खबर पाएलगत्तै प्रहरीचौकी बटेश्वरबाट खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर लुटेरा समूहलाई पक्राउ गर्न खोजेपछि लुटेराहरुले उनीहरुमाथि आक्रमण गरेको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरले बताए ।

लुटेरालाई नियन्त्रणमा लिने क्रममा आक्रमणबाट असइ मनोज पोखरेल घाइते भएका छन् । घाइते पोखरेलको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । उनको टाउकोमा ९ टाका लागेका प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...