त्रिभुवन विमानस्थलबाट दुई किलो सुनसहित २ जना पक्राउ

257

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो सुन बरामद भएको छ । शुक्रबार दुबईबाट आएको दुई यात्रुको साथबाट सुन बरामद भएको हो ।

पक्राउ पर्नेमा दाङ घर भएका सीताराम चौधरी र सिरहा घर भएका सरोज सहानी छन् । उनीहरुलाई विमानस्थलको पार्किङबाट दुई किलो तरल सुनसहित पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले जानकारी दिए ।

दुबइबाट नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को जहाजमा आएका उनीहरुको महाशाखा र विमानस्थल सुरक्षा कार्यालयको टोलीले शंका लागेपछि चेकजाँच गरेको थियो ।

दुबइ विमानस्थलमा सुन पठाउने समूहले ‘कट्टु लगाएर जानु’ भनेर सुन लुकाएको भित्री कट्टु दिएको उनीहरुले प्रहरीलाई बताएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...