कैलाली प्रहरी हत्या प्रकरण : ९ जनालाई जन्मकैदको फैसला

292

कैलाली । दुई प्रहरीको हत्या गरेको अभियोगमा पक्राउ परेका ९ जनालाई जन्मकैदको फैसला सुनाइएको छ ।

धनगढी अस्थायी प्रहरी पोस्ट जुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक गाविन्द विक र प्रहरी जवान रामबहादुर साउदको हत्या अभियोगमा पक्राउ परेका ९ जनालाई जन्मकैदको फैसला भएको जिल्ला अदालत कैलालीले जनाएको छ ।

जिल्ला अदालतका श्रेस्तेदार राइभान कुन्जेडाले जिल्ला न्यायाधीश जयानन्द पनेरुको इजलासले मंगलबार उक्त मुद्दाको अन्तिम फैसला गर्दै ९ जनालाई जन्मकैद र एक जनालाई सफाइ दिएको बताए । हत्या अभियोगमा पक्राउ परेका धनगढीका मटर ब्यापारी राजिव गुप्ताले भने सफाइ पाएको उनले बताए ।

श्रेस्तेदार कुन्जेडाका अनुसार मुख्य योजनाकार धनगढी उपमहानगरपालिका–१० का ३५ वर्षीय सुकबहादुर राना भनिने अमर राना, २३ वर्षीय पर्कु भनिने रोहित राना, सोही ठाउँ बस्ने रोहित राना, ३० वर्षीय सुरेश राना, २० वर्षीय राजेन्द्र रानालाई जन्मकैदको फैसला भएको छ ।

यस्तै, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना र धनगढी उपमहानगरपालिका–११ बस्ने २५ वर्षीय गोपाल भनिने रामगोपाल रानालाई जन्मकैद फैसला भएको हो ।

गत वर्ष कात्तिक १ गते तस्करी नियन्त्रणमा खटिएका बेला मटर तस्करको समूहले प्रहरी सहायक निरीक्षक विक र जवान साउदको विभत्स हत्या गरेर शव नेपाल–भारत सीमा भएर बग्ने मोहना नदीमा गाडेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...