काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा ‘गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन’ भन्दै एमाले सांसद्हरूले नाराबाजी गरिरहेका छन् ।
चालु नवौँ अधिवेशनको पहिलो बैठकदेखि नै एमाले सांसद्हरूले नाराबाजी गर्दै आइरहेका छन् । सोमबार पनि रोष्ट्रम अगाडि उभिएर एमाले सांसद्हरूले ‘देश लुट्न पाइँदैन, गोली हान्न पाइँदैन जनता मार्न पाइँदैन’ भन्दै नाराबाजी गरिरहेका छन् ।
आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदमाथि कारबाहीको सूचना टाँस नगरेको भन्दै एमाले सांसद्ले सभामुख सापकोटाको विरोध गर्दै आएका छन् ।
प्रतिनिधिसभाको बैठकमा अर्को बैठक ९ कात्तिक बस्ने छ ।