मुस्कान खातुनलाई एसिड हान्ने किशोर पुनः पक्राउ

324

काठमाडौँ । पर्साकी १५ वर्षीया किशोरी मुस्कान खातुनलाई एसिड हान्ने किशोर फेरि पक्राउ परेका छन् । प्रहरीले वीरगञ्ज महानगरपालिका–२ छप्कैया बस्ने रौतहट परोहा गाउँपालिका–७ घर भएका १९ वर्षीय समशाद मियाँलाई बुधबार पक्राउ गरेको हो ।

ज्यान मार्ने उद्योग तथा तेजाब प्रहार गरी अनुहार कुरुप पार्नेसम्बन्धी कसूरमा तत्काल १७ वर्षीय उनलाई पर्सा जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि बालसुधार गृह पठाएको थियो । कोभिड–१९को प्रकोपका कारण २०७६ चैत ११ गते सोही अदालतकै आदेशले संरक्षकको जिम्मा लगाइएको थियो ।

उनलाई पुन सोही अदालतको २०७७ फागुन २६ गतेको फैसलाले बाँकी ५ महिना १६ दिन पुन बाल सुधार गृहमा राखी भुक्तान गर्ने गरी १ वर्ष कैद सजाय भइ फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगञ्ज महानगरपालिका–२ इदगाहबाट फेला पारी पक्राउ गरेको हो ।

२०७६ भदौ २० गते बिहान वीरगञ्ज महानगरपालिका–४ गणेशमान चोकस्थित सार्वजनिक सडकमा मुस्कान खातुनलाई एसिड प्रहार गरेको घटनामा उनी संलग्न रहेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...