काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’की पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । सीता दाहाल लामो समयदेखि बिरामी छन् ।
मंगलबार प्रचण्डलाई भेट्न खुमलटारस्थित उनकै निवासमा पुगेका देउवाले सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको प्रचण्डको स्वकीय सचिव गंगा दाहालले फेसबुकमा तस्बिर सेयर गर्दै जानकारी दिएकी हुन् ।
देउवाले सरकारलाई पूर्णता दिन राजनीतिक भेटघाट सुरु गरेका छन् । यसका लागि प्रचण्डलाई भेट्न आज देउवा खुमलटार पुगेका हुन् । विश्वासको मत पाएपछि देउवाले गठबन्धनको विश्वास आर्जनको अभ्यास थालेका हुन् ।
प्रचण्डले सरकार सञ्चालनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको प्रस्ताव राख्दै आएका छन् ।