वैदेशिक रोजगारमा जानेलाई सरकारले ‘जोन्सन एन्ड जोन्सन’ खोप दिने

489

काठमाडौं । खोप अनिवार्य गरिएको देशमा जाने नेपालीलाई पनि सरकारले जोन्सन एन्ड जोन्सन खोप दिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैदेशिक रोजागारीमा जाने श्रमिकलाई पनि जोन्सन एन्ड जोन्सनको खोप दिने जनाएका हो ।

यसअघि वैदेशिक रोजगारीमा जाने श्रमिकलाई भेरोसेल खोपको प्राथमिकतामा राखेपछि श्रमिक र सरोकारवालाले सरकारको निर्णयको आलोचना गरेका थिए ।

कतिपय गन्तव्य देशले भेरोसेल खोपलाई मान्यता नदिएको र भेरोसेल खोपको दुवै मात्रा‘डोज’ लगाउन एक महिनाको समय कुर्नुपर्ने भएकाले श्रमिकले एक डोज मात्रै लगाउँदा हुने जोन्सन एन्ड जोन्सनको खोप दिन सरकारसँग आग्रह गरेका थिए ।

अब जोन्सन एन्ड जोन्सन खोप अनिवार्य गरेका देशमा जान लागेका व्यक्तिहरुलाई पासपोर्ट र भिसाको आधारमा खोप दिइने मन्त्रालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...