पेस्तोल र राइफलको गोलीसहित २ जना पक्राउ

379

मोरङ । मोरङको केरावारी गाउँपालिका–९ देवीझोडाबाट पेस्तोल र राइफलको गोलीसहित २ जना पक्राउ परेका छन् ।

विषेश सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले स्थानीय ५१ वर्षीय गणेश लिम्बू र बेलवारी नगरपालिका–२ लालभित्तिका ४१ वर्षीय पदम कुमार लिम्बूलाई मंगलबार अपरान्ह साँढे ५ बजे पक्राउ गरेको हो ।

प्रहरीले गणेश लिम्बूको घरबाट १ थान कटुवा पेस्तोल, ३०३ राइफलको गोली ५ थान, गोली लोड गर्ने चाँचर २ थान र पेस्तोलको गोली १ थान बरामद गरेको थियो ।

यसैगरी, उनकै घरमा पार्किङ गरी राखिएको पदम कुमार लिम्बूको नाममा रहेको को१च ८३८६ नम्बरको कारबाट धारिलो हतियार खुकुरी १ थान र चक्कु १ थान बरामद भएको थियो ।

हातहतियार र गोलीसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...