ओलीले नैतिक, वैधानिक, सामाजिकरुपमै निर्वस्त्र भएर नृत्य प्रदर्शन गरे : डिला संग्रौला

415

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी नेतृ डा.डिला संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिलाई घिनलाग्दो अवस्थामा पुर्याएको टिप्पणी गरेकी छन् ।

सामाजिक सञ्जालमार्फत् नेतृ डा.संग्रौलाले आफैँ असंवैधानिक रहेको र सर्वोच्च अदालतबाट संसद् विघटनसम्बन्धी मुद्दाको फैसला नहुँदै प्रधानमन्त्री ओलीले गरेको मन्त्रिमण्डल पुनःगठनले राजनीति घिनलाग्दो अवस्थामा पुर्याएको बताएकी हुन् ।

आफैँ असंवैधानिक रहेका र सर्वोच्च अदालतबाट संसद विघटन सम्बन्धित मुद्दाको फैसला नहुँदै प्रधानमन्त्री केपी ओलीले हिजो गरेको मन्त्रिमन्डल पुनःगठनले नेपालको राजनिती घिनलाग्दो अवस्थामा पुगी यसले सम्पूर्ण स्वाभिमानी नेपालीको मनलाई लज्जित बनाउँदै सरकार प्रति वितृष्ण र आक्रोशको ज्वाला पैदा गरेको छ,” उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्,“पद लोलुप्त, भस्मासुर प्रवृत्तिका अनुयायीका रुपमा रहेका प्रधानमन्त्री केपी ओली नैतिक, वैधानिक, सामाजिकरुपमै निर्वस्त्र भएर नृत्य प्रदर्शन गर्न लागे । अब सबै राजनैनिक पार्टीहरु र जनता एकत्रित भएर मुलुकको अखण्डता, सार्वभौमसत्ता, प्रजातान्त्रिक अधिकार र विधिको सर्वोच्चताका लागि संघर्सको मैदानमा उत्रनु पर्ने स्थिति आएको छ।”

Share This:
सम्बन्धित खबर
Loading...