कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्त हतियारसहित पक्राउ

423

मोरङ । मोरङको केरावारी गाउँपालिका–३ का ३२ वर्षीय हस्त बहादुर राईको हत्यामा संलग्न रहेका ४ जना, ४ थान भरुवा बन्दुक सहित पक्राउ परेका छन् ।

गत वैशाख ८ गते मृतक राईसहित १० जनाको समूहमा स्थानीय बाँसघारी खोप सरकारी राष्ट्रिय वनमा शिकार खेल्न गएकोमा समूहकै गजेन्द्र राईले चलाएको भरुवा बन्दुकको गोली लागेर राईको मृत्यु भएको थियो ।

घटनाको जानकारी पाए लगत्तै अनुसन्धानमा खटिएको प्रहरी टोलीले घटनामा संलग्न रहेकामध्ये रुबिन लिम्बू र गजेन्द्र बहादुर राईलाई वैशाख ९ गते नै १ थान भरुवा बन्दुकसहित पक्राउ गरेको थियो ।

उक्त घटना संलग्न रहेका अन्य अभियुक्तहरुको खोजतलास भइरहेकोमा जेष्ठ १९ गते केराबारी गाउँपालिका–३ का ४४ वर्षीय डिक बहादुर राई, ३६ वर्षीय बुद्धवीर लिम्बू, १९ वर्षीय रामप्रसाद राई र लेटाङ नगरपालिका–१ का १९ वर्षीय विपन लिम्बू पक्राउ परेका हुन् ।

उनीहरु पक्राउ परेसँगै थप अनुसन्धान गर्ने क्रममा घटनामा प्रयोग भई उनिहरुले जंगलको ओढार मुनी लुकाइछिपाई राखेको ४ थान भरुवा बन्दुकसमेत बरामद गरिएको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...