आयोगद्वारा नेपाल जन लोकतान्त्रिक पार्टी खारेज, जरोकिलोले चुनाव चिन्ह फेर्नुपर्ने

288

काठमाडौं । नेपाल जन लोकतान्त्रिक पार्टी खारेज भएको छ । निर्वाचन आयोगले उक्त दल खारेज गरेको हो ।

दर्ता नम्बर २४ मा दताए भएको दल खारेजीको निवेदन परेकाले खारेज गरिएको आयोगका एक पदाधिकारीले जानकारी दिए ।

त्यस्तै, आयोगले जरोकिलो पार्टीको चुनाव चिन्ह खारेज गरेको छ । नेपाल मातृभूमि पार्टी र जरोकिलोको चुनाव चिन्ह एउटै भएकाले जरोकिलोलाई आयोगमा नभएको चुनाव चिन्ह लिएर १५ दिनभित्र आउन पत्रचार गरिएको छ ।

बलिरहेको दियो चिन्ह मातृभूमि पार्टीले पाएको छ । पार्टी पहिले दर्ता भएकाले चुनाव चिन्ह मातृभूमिले पाएको आयोगका ती अधिकारीले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...