काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । मंगलबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बोलाइएको बैठक करि २ घन्टा ढिला सुरु भएको हो ।
आजको बैठकमा विशेषगरी शनिबार अध्यादेशमार्फत् ल्याइएको बजेटको समीक्षा तथा पार्टीको आन्तरिक वातावरणबारे छलफल हुने एमाले पार्टी कार्यालयका सचिव शेर बहादुर तामाङले जानकारी दिए ।
यसअघि बैठकले १२ जना सांसद्लाई स्पष्टीकरण सोधेको बताउँदै उनले आजको बैठकमा ती सांसद्लाई गरिने कारबाहीबारे केही निर्णय हुनसक्ने बताए ।
स्पष्टीकरण सोधिएकाहरुले लिखितरुपमा कसैले पनि जबाफ नपठाएपनि कतिपयले मौखिकरुपमा नेतृत्वसँग छलफल गरेको उनले बताए ।
यसअघि एमालेले वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, भीम रावललगायत ११ जनालाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरिसकेको छ ।