डिजे मेवाहाङ र तिर्सना कुलुङको स्वरमा ‘रोजेको तिमीलाई’ सार्वजनिक [भिडियो]

980

घर मुनि घरमाथि जोडी पिपल छायाँ
सत्य कसम धरोधर्म तिम्रै लाग्छ मायाँ
हा… धरान बजारमा,रोजेको तिमीलाई लाखौँ हजारमा
रोजेको तिमीलाई लाखौ हजारमा

गायक डिजे मेवाहाङ र तिर्सना कुलुङको सुमधुर स्वारमा रहेको पूर्वेली भाकाको ‘रोजेको तिमीलाई’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।

हो..ढाका टोपी शिरमा राम्रो खुकुरी कम्मरमा
भर छैन भमराको कति हो नम्बरमा
हा… धरान बजारमा,रोजेको तिमीलाई छैन हजारमा
रोजेको तिमीलाई छैन हजारमा

गीतमा शब्द तथा रचना गायक डिजे मेवाहाङकै रहेको छ । उक्त गीतलाई आशिष लामाले एरेन्ज गरेका छन् ।

सार्वजनिक म्युजिक भिडियोमा डिजे मेवाहाङ र तिर्सना कुलुङको अभिनय रहेको छ ।

केशव विश्वकर्मा र अवी राईले छयांकन गरेको भिडियोलाई मोहन सुनुवार‘नवीन’ले सम्पादन गरेका हुन् । भिडियोलाई गायक डिजे मेवाहाङले आफ्नै युट्युव च्यानल ‘डिजे मेवाहाङ’अफिसियलबाट सावर्जनिक गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...