१४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा देउवाको दाबी

364

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई धारा ७६(५) अनुसार प्रधानमन्त्री बन्नलाई बहुमत सांसदको हस्ताक्षर लिइएको छ ।

शुक्रबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षका सांसदहरुले हस्ताक्षर गरेका हुन् ।

बैठकको सहमतिअनुसार कांग्रेस सभापति देउवाका पक्षमा १४९ सांसदको हस्ताक्षर संकलन भएको नेता गगन थापाले जानकारी दिए । कांग्रेस सांसद थपाका अनुसार एमाले नेपाल समूहका २७ सांसदले देउवाको पक्षमा हस्ताक्षर गरेका छन् ।

स्रोतका अनुसार कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ (एक स्वतन्त्रसहित) माधव नेपाल समूहका २७ र जसपाका १२ सांसदले हस्ताक्षर गरेका छन् ।राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा सदस्यहरूलाई शुक्रबार साँझ ५ बजेसम्मको समय दिएकी छन् ।

Share This:
सम्बन्धित खबर
Loading...