काठमाडौं । नेपाली कांग्रेस सभापति शेर बहादुर देउवा निवास बूढानिलकण्ठमा विपक्षी गठबन्धनको बैठक बस्दैछ ।
आज बिहान कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले राष्ट्रपति र प्रधानमन्त्रीको कदम संविधानको भावना र मर्मविपरीत भएको भन्दै अन्य दलसँग छलफल गरी रणनीति तय गर्ने निर्णय गरेको थियो ।
केहीबेरमा बस्ने भनिएको बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव, नेकपा (एमाले) नेता माधव कुमार नेपाललगायतलाई खबर गरिएको कांग्रेसका एक पदाधिकारीले बताए ।
“अरु दलसँग छलफल गर्न बैठक गर्न लगेका हौँ । नेताहरुलाई खबर गर्ने काम भइरहेको छ । माधव नेपालजीलाई पनि बोलाइएको छ,” उनले भने ।