उम्मेदवारी फिर्ता कल्पनाभन्दा बाहिरको कुरा हो : खिमलाल देवकोटा

625

काठमाडौं । बागमती प्रदेश राष्ट्रियसभा उम्मेदवार डा. खिमलाल देवकोटाले आफ्नो उम्मेदवारी फिर्ता नहुने बताएका छन् ।

आफूलाई राजनीतिक दलहरुले विश्वास गरेकाले कुनै हालतमा आफ्नो उम्मेदवारी फिर्ता नहुने बताएका हुन् ।

डा. देवकोटा कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमाले माधव कुमार नेपाल पक्षका साझा उम्मेरदवार हुन् ।

एमाले विभाजनउन्मुख हुन लागेको अवस्थामा एमालेले दुईजना राष्ट्रियसभा उम्मेदरवार उठाएको थियो । एमालेको आधिकारिक उम्मेदवार गृहमन्त्री राम बहादुर थापा‘बादल’ छन् ।

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र नेता नेपालबीच पार्टीको विवाद समाधान गर्ने सहमति भएपछि डा. देवकोटाको उम्मेदवारी के होला भन्ने प्रश्न उठेको थियो ।

शुक्रबार सामाजिक सञ्जालमा लेख्दै डा.देवकोटाले आफ्नो उम्मेदवारी पुनःविचार गर्नु कल्पना बाहिरको कुरा भएको बताएका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...