खनाल–नेपाल समूहका दुई जना सांसद् बैठकबाट बाहिरिए

463

काठमाडौं । नेकपा (एमाले)का झलनाथ खनाल–माधव कुमार नेपाल समूहका दुई जना सांसद् बैठकको बीचमै बाहिरिएका छन् ।

बैठकमा राजीनामाको विषयमा छलफल र सोहीअनुसार निर्णय हुने भएपछि दुई जना सांसद् असन्तुष्टि जनाउँदै बैठकको बीचमै छाडेर हिँडेको हुन् ।

ती सांसद्हरुमा पार्वती कुमारी विशुन्खे र समिना खातुन रहेका छन् ।

बैठकबाट बाहिरिने क्रममा उनीहरुले बैठकले सांसदबाट सामूहिक राजीनामा दिने निर्णय भएको प्रतिक्रिया दिँदै आफूहरुको त्यसमा असन्तुष्टि रहेको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...