देउवाको कोटाबाट लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मी सिफारिस

532

काठमाडौं । लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मीलाई नियुक्त गर्न सिफारिस गरिएको छ ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संवैधानिक परिषदको बैठकले रेग्मीलाई लोक सेवा आयोगको अध्यक्षमा सिफारिस गरेको हो ।

पूर्वसचिव रेग्मी कांग्रेस सभापति तथा विपक्षी दलका नेता शेर बहादुर देउवाको कोटाबाट नियुक्ति सिफारिसमा परेका हुन् । देउवा बैठकमा सहभागी नभएपनि उनको कोटाबाट झापाका रेग्मीले नियुक्ति पाएका हुन् ।

आयोगको अध्यक्षमा रेग्मी र सचिव शिशिर कुमार ढुंगानाको नाम प्रस्तावित थियो ।

Share This:
सम्बन्धित खबर
Loading...